धार्मिक र पवित्रस्थलको अनुभूति हुने गरी अब पशुपति क्षेत्रको सौन्दर्यता विकासः पर्यटनमन्त्री

Spread the love

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यता विकास गरिने बताएका छन् । नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको पशुपति मन्दिरको दक्षिणद्वारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले पशुपति क्षेत्रको सुन्दरतामार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तिर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको बताएका हुन् ।

त्यसका लागि पशुपति क्षेत्रभित्र जिर्ण रहेका संरचनाहरुको पुननिर्माण गर्ने र सरसफाईमा उच्च ध्यान दिने कामहरु बाँकी रहेको उनले बताए । उनले एसबीआई बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको दक्षिणद्वारको सुन्दरताले भक्तजनहरुलाई पवित्र धार्मिक स्थलमा प्रवेश गरेको अनुभूति गराउने बताए ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले विश्वमा नै हिन्दूहरुको प्रमुख तिर्थस्थलको केन्द्र र पर्यटकहरुका लागि आकर्षणको केन्द्रका रुपमा पाशुपात क्षेत्रलाई विकास गरिएको बताए ।

कार्यक्रममा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागरले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पवित्र धार्मिक स्थलको प्रवेशद्वार निर्माण गर्न पाउँदा खुसी लागेको बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना पुष्टि

२०७७ असार २३, मंगलवार ०७:५२
Spread the loveकाठमाडौं । पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार मृतक ती पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो । गोरखाको भीमसेन गाउँपालिका २ का २७ वर्षीय ती युवकले आत्महत्याको प्रयास गरेका थिए । गम्भीर अवस्थामा […]