• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना पुष्टि

ByHT

Jul 7, 2020
Spread the love

काठमाडौं । पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार मृतक ती पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो । गोरखाको भीमसेन गाउँपालिका २ का २७ वर्षीय ती युवकले आत्महत्याको प्रयास गरेका थिए ।

गम्भीर अवस्थामा रहेका उनलाई असार २० गते पाटन अस्पतालमा भर्ना गरिएको थियो ।  उनको सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल भर्ना गर्ने वित्तिकै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *