• Thu. Oct 29th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

विश्वमा कोरोना संक्रमणबाट पाँच लाख ४० हजार भन्दा बढीको मृत्यु

ByHT

Jul 7, 2020
Spread the love

विश्वभर ६६ लाख ४२ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । १ करोड १७ लाख ३९ हजार १ सय ७१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकामा ६६ लाख ४२ हजार ३ सय ६६ जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, संक्रमितमध्ये ५ लाख ४० हजार ६ सय ६० जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ४५ लाख ५६ हजार १ सय ४५ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ५७ हजार ९ सय ७८ जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै, सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ३० लाख ४० हजार ८ सय ३३ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख ३२ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १३ लाख २४ हजार ९ सयभन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा १६ लाख २६ हजार बढी, भारतमा ७ लाख २० हजार भन्दा बढी र रसियामा ६ लाख ८९ हजार बढी संक्रमित भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *