ट्रम्प पत्नी मेलानियाको जलाइयो प्रतिमा

Spread the love

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको एउटा काठको प्रतिमालाई स्लोभेनियास्थित उनको गृहनगरनजिकै आगो लगाइएको छ । सो प्रतिमा निर्माण गरेका अमेरिकी कलाकार ब्र्याड डाउनीका अनुसार अमेरिकी स्वतन्त्रता दिवसको दिन जुलाई ४ मा सो प्रतिमालाई क्षति पुर्याइएको थियो ।

बर्लिनमा रहेका डाउनीले जुलाई ५ मा सो प्रतिमालाई त्यहाँबाट हटाउन लगाए । प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ। ह्वाइट हाउसले यस विषयमा प्रतिक्रिया दिएको छैन । मेलानिया ट्रम्पसँग थोरै मात्रै समानता भएको सो प्रतिमा उनको गृहनगर सेभ्निकाको बाहिरी क्षेत्रमा रहेको एउटा रूखको काठमा कुँदिएको थियो ।

डोनल्ड ट्रम्पको राष्ट्रपतीय शपथ ग्रहण समारोहमा सहभागी हुँदा मेलानियाले लगाए जस्तै नीलो लुगा देखाउन रङ्गरोगन गरिएको र एउटा हातले आकाशतिर सङ्केत गरेको देखिने उक्त प्रतिमा सन् २०१९ को जुलाईमा अनावरण गरिएको थियो ।

सहरका केही बासिन्दाले उक्त प्रतिमालाई मेलानिया ट्रम्पसँग “अमिल्दो कार्टुनजस्तो“ भनेर टिप्पणी गरेका थिए । डाउनीले रोएटर्सलाई आफूले कसले र किन सो प्रतिमालाई क्षति पुर्यायो जान्न चाहेको बताएका छन् । स्लोभेनिया पूर्वयुगोस्लोभियामा हुँदा त्यहाँ जन्मेर हुर्केकी मेलानिया ट्रम्प सन् १९९० को दशकमा अमेरिका आएकी थिइन् ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि सेभ्निका पर्यटकीय आकर्षण बनेको छ । त्यहाँका स्थानीय व्यवसायीहरूले मेलानिया ट्रम्पको नाम भएका चप्पल, केक र बर्गरजस्ता सामानहरू बेच्न थालेका छन्। गत वर्षको अगस्टमा स्लोभेनियाको राजधानीनजिकै राष्ट्रपति ट्रम्पको २६ फिट अग्लो काठको प्रतिमा अनावरण गरिएको थियो।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गलत प्रवृत्तिविरुद्ध ‘हिट’ गर्न आइजिपीलाई गृहसचिवको निर्देशन

२०७७ असार २५, बिहीबार ०७:५७
Spread the loveकाठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण अवकाश लिएकाले सरकारले उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । गृह मन्त्रालयमा बिहीबार आयोजित एक सामारोहका बीच दज्र्यानी चिह्न प्रदान गर्दै गृहसचिव […]