बाढी पहिरोबाट सिन्धुपाल्चोकमा ठूलो मानवीय र भौतिक सम्पतिको क्षति

Spread the love

सिन्धुपाल्चोक । बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जम्बु बजार बगाएको छ । अबिरल वर्षापछि आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने १४ घरका १९ जना बेपत्ता भएका बताइएको छ । बाढीले १५ वटा घरमा क्षती पुर्याएको स्थानीयले वताएका छन् । बाढीका कारण अरनिको राजमार्गसमेत अबरुद्ध भएको छ ।

बर्षाका कारण त्यस क्षेत्रका ठाडोखोलाहरुमा बाढी आएकाले भोटेकोशी नदीको बहाब समेत अत्याधिक बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ । पानीको बहाव बढेपछि सुनकोशी जलविद्युत आयोजनाको बाँधका सबै ढोका खोलिएको छ ।

फोटोः अनन्त प्रकाश श्रेष्ठ र सन्दीपाको फेसबुकबाट

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकामा एकैदिन ६० हजार भन्दा धेरैलाई कोरोना संक्रमण

२०७७ असार २५, बिहीबार ०२:०१
Spread the loveअमेरिकामा विश्वकै एक चौथाइ सङ्क्रमित भेटिएको तथा सङ्क्रमणको दर तीव्र बन्दै गर्दा ट्रम्प प्रशासन भने विद्यालयहरू खोल्ने योजना अघि बढाएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकाहरूको सङ्ख्या ३० लाख नाघेको छ । साथै एक लाख ३१ हजारभन्दा धेरै मानिसले कोभिड १९ का कारण […]