बाढी पहिरो प्रभावित क्षेत्रमा पार्टी पंक्तिलाई उद्दार तथा राहतमा जुटन प्रचण्डको निर्देशन

Spread the love

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोक, गुल्मी, बझाङलगायत देशका बिभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घटनाले दुखित तुल्याएको बताएका छन् ।

बिहीबार विज्ञप्ति जारी गरी प्रचण्डले यो स्थितिमा प्राकृतिक प्रकोपमा परिवारजन गुमाउनुभएकाहरुप्रति हार्दिक संवेदना व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘अहिले पनि कतिपय व्यक्ति वेपत्ता हुनुभएको र घरबारविहिन भएर विचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्दार तथा राहतमा सक्रिय भएर जुटन र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपील गर्दछु । यसका साथै दीर्घकालिनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा अपील गर्दछु ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाह्रबिसेमा उद्दार तथा राहतमा खटिन कार्यकर्तालाई देउवाको निर्देशन

२०७७ असार २५, बिहीबार ०५:५८
Spread the loveकाठमाडों । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन् । सभापति देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर मानवीय र भौतिक क्षति हुनबाट जोगाउन आग्रह गरेका हुन्। […]

समाचार छुट्याे की?