बाह्रबिसेमा उद्दार तथा राहतमा खटिन कार्यकर्तालाई देउवाको निर्देशन

Spread the love

काठमाडों । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन् ।

सभापति देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर मानवीय र भौतिक क्षति हुनबाट जोगाउन आग्रह गरेका हुन्।

देउवाले सिन्धुपाल्चोकका काँग्रेसका नेता तथा कार्यकर्तालाई समेत तत्काल उद्धार कार्यमा खटिन निर्देशन दिएका छन् ।
बिहीबार बिहान आएको बाढी, पहिरोका कारण बाह्रबिसे क्षेत्रमा करिब एक दर्जन घर बगाएको छ भने १८ जना मानिस बेपत्ता भएका छन् ।

भोटेकोशी वरपर खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा ठूलो क्षति पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरी महानिरीक्षक क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान

२०७७ असार २५, बिहीबार ०६:०१
Spread the loveकाठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृह सचिव महेश्वर न्यौपानेले उनलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । असार २३ गते मन्त्रिपरिषद् बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका एआईजी थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने गरेको थियो । […]