• Wed. Oct 28th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नेकपाको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित

ByHT

Jul 10, 2020
Spread the love

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति बैठक सात दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा अविरल वर्षाका कारण आएको बाढी पहिरोको विपत्तिमा ध्यान दिन भन्दै बैठक स्थगित गरिएको जानकारी दिए ।

उनले बाढी पहिरोका कारण उद्धार लगायतका काममा खटिन स्थायी समिति सदस्यहरू आफ्नो गृह जिल्ला लगायतका स्थानमा जानुपर्ने हुनसक्ने भएकाले ७ दिनका लागि बैठक स्थगित गर्ने निर्णय गरेको बताए । अब अर्को बैठक साउन २ गते बस्ने बताइएको छ ।

असारको १८ गतेदेखि स्थायी समितिको बैठक बस्न सकेको छैन । यसबीचमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएका वार्ता निष्कर्षबिहीन हुँदै आएका छन् । अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् भने ओली राजीनामा नदिने अडानमा छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *