पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

Spread the love

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य पुनः बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँ पर्ने निगमका प्रवक्ता बिनितमणी उपाध्यायले जानकारी दिए ।

भारतीय आयल कर्पोरेसन्सले पठाएको मूल्यसुचीअनुसार पेट्रोलमा ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा र मट्टितेलमा १४ रुपैयाँ २५ पैसा वृद्धि भएको निगमले जनाएको छ । मूल्य उच्च बढे पनि साबिक मूल्यमा १ रुपैयाँमात्रै बढाएका उपाध्यायले बताए । निगमले असार १६ गते पेट्रोलमा ५ रुपैयाँ, डिजेलमा २ र मट्टितेलमा २ रुपैयाँ बढाएको थियो । १० दिन नबित्दै पुनः मूल्य बढाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नमस्ते र नमस्कार कुन सही?

२०७७ असार २६, शुक्रबार १६:१५
राम्रो भावना र राम्रो तरिकाले गरिएको नमस्कारको पहिलो फाइदा यो हुन्छ कि यसले मनमा स्वच्छ भावनाको विकास हुन्छ । जसले गर्दा सकरात्मक सोचको बिकास हुन्छ । नमस्कारले अर्को व्यक्तिले तपाईप्रतिको राम्रो भावनाको विकास गर्दछ । यसप्रकार नमस्कार आध्यात्मिक र व्यवहारिक दुवै तरिकाले फाइदाजनक छन । यसले अन्य ब्यत्ति प्रति नम्रता बढ्छ साथै मन्दिरमा नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ । जसले मन र मस्तिष्क शान्त रहन्छ ।

समाचार छुट्याे की?