• Sat. Dec 5th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

प्रहरी महानिरीक्षक क्षेत्रीलाई प्रधानसेनापति थापाद्वारा बधाई

ByHT

Jul 10, 2020
Spread the love

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई एवम् शुभकामना दिएका छन् । प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति भएकोमा सफल कार्यकालको शुभकामना सहित बधाई दिएका हुन् ।

भेटका अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापा क्षेत्री बीच दुबै संगठन बीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरे ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *