• Wed. Oct 28th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

सिओलका मेयरको शव फेला

ByHT

Jul 10, 2020
Spread the love

दक्षिण कोरियाको राजधानी सिओलका मेयरको शव प्रहरीले फेला पारेको छ । बिहीबार बेपत्ता भएका मेयर पार्क वन सूनको शव प्रहरीले फेला पारेको हो । पार्कले घर छोड्नुअघि एक सन्देश दिएर गएको उनकी छोरीले प्रहरीलाई जानकारी गराएपछि खोजि थालिएको थियो । मेयर पार्कको शव प्रहरीले सिओलको उत्तरी क्षेत्रमा रहेको माउन्ट बुगाकमा फेला पारेको हो ।

उनको फोनको सिंग्नल अन्तिमपटक सोही क्षेत्र नजिक पहिचान भएको थियो । उनको मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन । उनी बेपत्ता हुनु भन्दा केही घण्टा पूर्व महिला कर्मचारीले यौन हिंसाको आरोपमा पार्कविरुद्ध उजुरी दिएको खुलेको छ ।

पार्क सन् २०११ देखि सिओलको मेयर थिए । उनी गत जुनमा तेस्रो तथा अन्तिम कार्यकालका लागि निर्वाचित भएका थिए । दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको पार्टीका सदस्य पार्कलाई सन् २०२२ को राष्ट्रपति चुनावका सम्भावित उम्मेदवारका रुपमा हेरिएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *