थप ६३८ जनामा कोरोना संक्रमण, १७१ जना डिस्चार्ज

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ११०, भक्तपुरमा ८ र ललितपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,४६२ जनाको नमुना परीक्षण गरिएको छ । सक्रिय संक्रमितको संख्या ७,२०१ जना रहेका छन् । मंगलबार थप १७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६,६६४ पुगेको मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुसद्वारा कोरोना भाइरस विरुद्धको खोप तयार

२०७७ श्रावण २७, मंगलवार १०:५४
Spread the loveरुसले कोरोना भाइरस विरुद्धको खोप तयार गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका हुन् । रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका […]

समाचार छुट्याे की?