काठमाडौं । सत्तारुढ नेकपाका नेता भीम रावलले कालापानीबाट भारतीय सेना हटाउन कदम चाल्नुपर्ने बताएका छन् । मंगलबार ट्वीट गर्दै कालापानीबाट भारतीय सेना हटाउन र प्रबुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदन अगाडि बढाउनु पर्नेमा जोड दिएका हुन् ।
उनले भनेका छन्,‘गौतम बुद्ध नेपालमा जन्मनु भएको तथ्य विपरीत भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्याएको छ । अब लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने र प्रबुध्द व्यक्ति समूहको प्रतिवेदन अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुपर्छ ।’
