• Tue. Nov 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

काठमाडौं उपत्यकामा १२८ सहित थप ४८४ जनामा कोरोना संक्रमण

ByHT

Aug 12, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार काठमाडौंका ९९ जनामा, भक्तपुरका ८ र ललितपुरका २१ जनामा संक्रमणप पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,४८१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १४,८४६ जना रहेका छन् । आइसोलेसनमा ७,६१३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै बुधबार थप ६४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६,७२८ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *