१७ हजार घुस लिएको आरोपमा सहायक वन अधिकृत पक्राउ

Spread the love

काठमाडौं । सवडिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसहित ६ जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । सेवाग्राहीसँग १७ हजार घुसररिसवत लिएको भन्ने उजुरीका आधारमा अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा यादव, सवडिभिजन वन कार्यालय लालबजार रामपुर, उदयपुरका प्रमुख (सहायक वन अधिकृत) बिनोद कुमार साह, फोरेष्टर रमेश राई, सवडिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोज कुमार राउतलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतको बेङ्गलुरुमा भएको हिंसात्मक झडपमा तीन जनाको मृत्यु

२०७७ श्रावण २८, बुधबार ०६:५३
Spread the loveसामाजिक सञ्जालमा इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको अनादर हुने सामग्री प्रकाशित गरिएको भन्दै विरोध गरिरहेका प्रदर्शनकारीरूमाथि प्रहरीले गोली चलाउँदा दक्षिण भारतको बेङ्गलुरुमा तीन जनाको मृत्यु भएको छ । फेसबुकमा त्यस्तो आपत्तिजनक सामग्री प्रेषित गरेको आरोप लागेका एक व्यक्तिसँग नाता पर्ने स्थानीय नेताको घरबाहिर प्रदर्शनकारीहरूको भिड लागेको थियो । त्यहाँ […]