काठमाडौं उपत्यकामा सभा, जुलुस, भेलामा रोक

Spread the love

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि काठमाडौं उपत्यकामा जात्रा र भेला गर्न गराउन रोक लगाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी भदौ १५ गतेसम्मका लागि जात्रा, भेला नगर्न निर्देशन दिएका हुन् ।

खुला ठाउँमा भेला हुन, जम्मा हुन, भिडभाड गर्न र सभा, जुलुस गर्न नपाइने विज्ञप्तिमा उल्लेख छ । यस्तै दैनिक हुने नित्य पूजाबाहेकका सबै धार्मिक गतिविधिहरु, उद्योग व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप, चाडपर्वलगायतका धार्मिक सांस्कृतिक कार्यका लागि भिडभाड नगर्न तथा शैक्षिक संस्था नखोल्न भनिएको छ ।

साथै सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैुलुन, ब्युटीपार्लर, जिमखाना, खेलकुदलगायतमा पनि रोक लगाइएको छ । निषेध गरिएका गतिविधि गरेको पाइए कारबाही हुने काठमाडौका प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा कोरोना संक्रमणबाट ७ लाख ६३ हजार भन्दा बढीको मृत्यु

२०७७ श्रावण ३०, शुक्रबार १५:२१
Spread the loveविश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख ६३ हजार नाघेको छ । करिब सात महिनादेखि फैलिएको संक्रमणबाट विश्वका २ सय १६ देशका २ करोड १३ लाख ४५ हजार ७ सय ३१ जना संक्रमित भएका छन् । जसमध्ये ७ लाख ६३ हजार १ […]

समाचार छुट्याे की?