• Tue. Nov 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

थप ४६८ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १०२

ByHT

Aug 15, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४६८जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,०४७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १४,४४८ जना रहेका छन् ।

आइसोलेसनमा ८,१९३ जना सक्रिय संक्रमित रहेका छन् । होमआइसोलेसनमा ५२३ जना छन् । शनिबार थप १२४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७,२०१ पुगेको मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *