• Sun. Oct 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

काठमाडौं उपत्यकामा १७२ सहित थप ६४१ जनामा कोरोना संक्रमण

ByHT

Aug 16, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा थप १२६ जनामा, भक्तपुरमा आठ जनामा र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२,२४७ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा १५,२४३ जना रहेका छन् । आइतबार थप १३४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म निको भई डिस्चार्ज हुनेको संख्या १७३३५ पुगेको मन्त्रालयले जनाएको छ । पर्सा र मोरङमा एक एक गरी थप दुई जनाको मृत्यु भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *