काठमाडौंका १६८ सहित थप ५८१ जना कोरोना संक्रमण

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८१ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा सोमबार थप १६८ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ११,५२० जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १५,१९८ जना रहेका छन् । आइसोलेसनमा ९,६३९ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार थप १६० जना निको भई डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७,४९५ पुगेको मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एसईईको परीक्षाफल प्रकाशित

२०७७ भाद्र १, सोमबार १०:४५
Spread the loveकाठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्न कारणले […]