कोरोना संक्रमणबाट भारतमा ५२ हजारको मृत्यु, २७ लाखलाई संक्रमण

Spread the love

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार नाघेको छ ।

करिब सात महिनादेखि फैलिएको संक्रमणबाट विश्वका २ सय १६ देशका २ करोड २० लाख ४२ हजार १ सय २८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ९१ हजार ५ सय भन्दाबढी संक्रमित भएका थिए । यस्तै, संक्रमितमध्ये ७ लाख ७७ हजार २ सय १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार भन्दाबढी मृत्यु भएका छन् ।

यस्तै, १ करोड ४७ लाख ८५ हजार ५ सय १४ उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६४ लाख ७९ हजार ३ सय ९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६२ हजार बढीको अवस्था गम्भिर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५६ लाख १२ हजार नाघेको छ । कोरोनाका कारण १ लाख ७३ हजार ७ सयबढीको मृत्यु भएका छन् भने २९ लाख ७३ हजार ५ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३३ लाख ६३ हजार २ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ८ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २६ लाख ७८ हजार ४ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २७ लाख १ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ५१ हजार ९ सय भन्दा बढीको मृत्यु भईसकेको छ भने १९ लाख ७६ हजार २ सय भन्दाबढी निको भएका छन् ।

यस्तै, नेपालमा २७ हजार २ सय ४१ सङ्क्रमित, १७ हजार ४ सय ९५ निको भएका, १ सय ७ जना सङ्क्रमणका कारण मृत्यु भएका र नौ हजार ६ सय ३९ सक्रिय सङ्क्रमित रहेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट काभ्रेमा ९८ वर्षीय बृद्धको मृत्यु

२०७७ भाद्र २, मंगलवार ०२:४८
Spread the loveबनेपा । कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल नगरपालिकाका ९८ वर्षीय वृद्धको मंगलबार बिहान निधन भएको अस्पतालले जानकारी दिएको छ । साउन २७ गते कोरोना पुष्टि भएपछि उनलाई धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । उनमा कोरोना पोजेटिभ देखिए […]