तनहुँ र कास्कीमा गरी कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

Spread the love

काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नम्बर १६, का ८७ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

त्यसैगरी तनहुँको व्यास नगरपालिका वडा नम्बर एककी ५० वर्षीय महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । कास्की सेवा अस्पतालमा हेपाटाईटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको समस्या लगायतको समस्या सहित उपचारका लागि भर्ना भएकी ती सोमबार राति ११ः३५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनको मूल्य तोलाको २२ सयले बढ्यो

२०७७ भाद्र २, मंगलवार ०६:१५
Spread the loveकाठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ मगलबार फेरि बढेको छ । गत साता तोलाको एक लाख नाघेर क्रमिक ओरालो लागेको सुनको मूल्य मंगलबार तोलामा एकैदिन २ हजार २ सय रुपैयाँ बढेर तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तोलामा […]

समाचार छुट्याे की?