• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

अस्ट्रेलियाले आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिने

ByHT

Aug 19, 2020
Spread the love

अस्ट्रेलियाले छिटै तयार हुने आशा गरिएको कोरोनाभाइरसविरुद्धको खोप आफ्ना नागरिकका लागि निःशुल्क दिने जनाएको छ । त्यो खोप औषधि कम्पनी आस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेका छन् र अहिले परीक्षणको क्रममा छ । प्रधानमन्त्री स्कट मरिसनले परीक्षण सफल भएमा आस्ट्राजेनेकासँगको सम्झौताले हरेक अस्ट्रेलियालीका निम्ति खोप सुरक्षित हुने बताए ।

उनका अनुसार अढाई करोड जनसङ्ख्यालाई निस्शुल्क खोप उपलब्ध गराउन सक्ने गरी उक्त कदम उठाइएको छ । प्रधानमन्त्री मरिसनले यो खोपको परीक्षण सफल भएमा त्यसको उत्पादन र आपूर्ति गरेर अढाई करोड अस्ट्रेलियालीका निम्ति निःशुल्क लगाउने बताए । तर सबै जनसङ्ख्यामा खोप पुर्याउन लाग्ने खर्चको अनुमान अझै निश्चित भइसकेको छैन ।

कोरोनाभाइरसबाट अस्ट्रेलियामा ज्यान गुमाउनेको सङ्ख्या करिब साढे चार सयमा अडिएको छ । यो महिनाको सुरुमा भिक्टोरिया राज्यले कोरोनाभाइरसको सङ्क्रमण फेरि देखिएपछि लकडाउनका कडा प्रतिबन्धहरू लागु गर्दै राज्यस्तरीय विपद्को घोषणा गरेको थियो ।

अस्ट्रेलियामा अझैँ पनि सात हजार सक्रिय सङ्क्रमित छन् । जसले त्यहाँ खराब अवस्था आउने चिन्ता जीवित राखेको छ । अक्सफोर्ड र आस्ट्रजेनेका खोप परीक्षणमा पुगेका पाँच महत्वपूर्ण प्रयासमध्ये एक हो । जसलाई विश्वभरिका देशहरूले आफ्ना नागरिकको निम्ति सुरक्षित राख्न चाहिरहेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *