आज भाद्र कृष्ण औँसी अर्थात् बाबुको मुख हेर्ने पर्व पितालाई विशेष सम्मान गरी मनाईंदै

Spread the love

काठमाडौं । हिन्दू धर्मावलम्वीले भाद्र कृष्ण औँसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । आजको दिन पिताप्रति आदर सम्मानका साथ छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

त्यसैले आजको दिन गोकर्णेश्वर महादेव मन्दिर र बेत्रावतीलगायत स्थानमा मेला विशेष मेला लाग्छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ । यस अवसरमा मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदा दान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।

आज कै दिन वर्षभरि देवकार्य तथा पितृ कार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने पवित्र कुश घर–घरमा भित्राईन्छ ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु(याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश आजकै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको बताउछन् ।

कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती मनाइँदै

२०७७ भाद्र ३, बुधबार ०२:१२
Spread the loveकाठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उनको निधन […]