• Sun. Oct 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

काठमाडौं उपत्यकामा १५९ सहित थप ६८१ जनामा कोरोना संक्रमण

ByHT

Aug 19, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८१ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा थप आठ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,५२२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १३,५७१ जना रहेका छन् ।

आसोलेसनमा आइसोलेसनमा ११,११८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । बुधबार थप १२० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७,७०० पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । काठमाडौं, बर्दिया, मोरङ, भक्तपुर र सुनसरीमा गरी थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *