• Fri. Oct 30th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ लाख ८४ हजार नाघ्यो

ByHT

Aug 19, 2020
Spread the love

विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ५० लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड २३ लाख ५ हजार ८ सय ८० जना सङ्क्रमण पुष्टि भएकामा १ करोड ५० लाख ४५ हजार ८ सय ७९ जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ लाख ८४  हजार ३ सय भन्दाबढी पुगेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ६४ लाख १३ हजार ६ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६२ हजार बढीको अवस्था गम्भिर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५६ लाख ५५ हजार ९ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ३० लाख ११ हजार बढी निको भएका छन् भने १ लाख ७५ हजार भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३४ लाख ११ हजार ८ सय ७२ पुगेको छ भने १ लाख १० हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २५ लाख ५४ हजार १ सय भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २७ लाख ६६ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार बढीको ज्यान गएको छ । यो संगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ ।

संक्रमितमध्ये २० लाख ३६ हजार भन्दा धेरै निको भएका छन् भने ६ लाख ७६ हजार ९ सयबढीको उपचार भइरहेको छ । जसमध्ये ८ हजार ९ बढीको अवस्था गम्भीर रहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *