ट्रम्पले अमेरिकालाई आक्रोश, भय र विभाजनको घुम्टो ओढाएको बाइडनको आरोप

Spread the love

अमेरिकामा विपक्षी डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार मनोनित जो बाइडनले आफूले नोभेम्बरमा चुनाव जिते अन्धकार होइन उज्यालोको पक्षधर रहने बताएका छन् ।

पार्टीको मनोनयन स्वीकार्दै गरिएको सम्बोधनमा उनले एकता र आशावादको आह्वान गरेका छन् । डेमोक्रेटिक पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै बाइडनले डोनल्ड ट्रम्पले अमेरिकालाई आक्रोश, भय र विभाजनको घुम्टो ओढाइदिएको आरोप लगाए ।

राष्ट्रपतिको रूपमा अमेरिकीहरूलाई कोरोनाभाइरस जस्तो खतराबाट जोगाउने आफ्नो मूलभूत जिम्मेदारीमा वर्तमान राष्ट्रपति विफल भएको उनले बताए । देशले ऐतिहासिक कठिनाइहरूको सामना गरिरहेको भन्दै उनले नोभेम्बरको चुनावले जातिवादको अन्त्य गर्दै अमेरिकी सपनालाई पुनस्र्थापना गर्नसक्ने उनले बताए ।

राष्ट्रपति उम्मेदवार बाइडन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिस आफ्नो श्रीमती र श्रीमानको साथमा उपस्थित भएका थिए । ७७ वर्षीय बाइडनले ७४ वर्षीय ट्रम्पलाई पछिल्ला जनमत सर्वेक्षणहरूमा पछि पारिरहेका छन् । तर चुनाव आउन अझै ७५ दिन बाँकी रहेकाले रिपब्लिकन दललाई उक्त दूरी मेटाउन प्रशस्त समय छ ।

चार दिनसम्म चलेको डेमाक्रेटिक पार्टीको सम्मेलनको अन्त्यमा उम्मेदवार मनोनित बाइडनले प्रत्यक्ष भाषण गरेका थिए । तर विगतमा जस्तो बेलुन उडाउने, होहल्ला तथा रमाइलो जमघट यसपटक हुन सकेन ।

कोरोनाभाइरस महामारीका कारण भौतिक भेला नगरिकनै भर्चुअल रूपमा डाकिएको भेलामा आयोजकहरूले हरेक साँझ दुई घण्टासम्म विभिन्न नेताका रेकर्ड गरिएका भाषण प्रस्तुत गरेका थिए । अब अर्को साता रिपब्लिकन दलको राष्ट्रिय सम्मेलनले ट्रम्पलाई उक्त पार्टीको तर्फबाट उम्मेदवार मनोनित गर्नेछ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व बैंकले भन्यो-पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट

२०७७ भाद्र ५, शुक्रबार १६:१३
Spread the loveकाठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएको भएपनि आर्थिक परिसूचक राम्रो रहेको बताएका छन् । उनले प्रतिकूलताका बावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलरमा […]