• Thu. Oct 22nd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

थप ८३८ जनामा कोरोना संक्रमण, १५ जनाको भेन्टिलेटरमा र १३३ को आइसियूमा उपचार हुँदै

ByHT

Aug 21, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ८३८ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १४२, भक्तपुरमा १५ र ललितपुरमा २५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३,५७९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १२,२३४ जना रहेका छन् ।

आइसोलेसनमा १२,१३२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । शुक्रबार निको भई थप २५० जना डिस्चार्ज भएका छन् । योसँगै निको भई डिस्चार्ज हुनेको संख्या १८,२१४ पुगेको छ । भेन्टिलेटरमा १५ जनाको र आइसियूमा १३३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *