पछिल्लो २४ घण्टामा २ लाख ६६ हजार ४ सय भन्दाबढीमा संक्रमण पुष्टि

Spread the love

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ । पछिल्ले २४ घण्टामा २ लाख ६६ हजार ४ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल संख्या २ करोड २८ लाख ५९ हजार २ सय ३९ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार १ सय भन्दाबढीको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९७ हजार नाघेको छ ।

१ करोड ५५ लाख १३ हजार ९ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ६४ लाख ४८ हजार १ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६१ हजार ८ सय बढीको अवस्था गम्भिर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा ३२ लाख ८६ हजार ५ सयबढी, उत्तर अमेरिकी मुलुकहरूमा ६७ लाख ८४ हजार १८५,एसियाली मुलुकहरूमा ६० लाख २४ हजार १११ जना ,दक्षिण अमेरिकी मुलुकहरूमा ५५ लाख ७१ हजार ६४१ जना, अफ्रिकी मुलुकहरूमा ११ लाख ६२ हजार ३९२, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २६ हजार ५२४ जना संक्रमित भएका छन् ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५७ लाख ४६ हजार २ सय नाघेको छ । कोरोनाका कारण १ लाख ७७ हजार ४ सयबढीको मृत्यु भएका छन् भने ३० लाख ९५ हजार ४ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३५ लाख ५ हजार ४ भन्दाबढी संक्रमित भएका छन् भने १ लाख १२ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २६ लाख ९३ हजार ४ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २९ लाख ४ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५४ हजार ९ सय नाघेको छ । संक्रमितमध्ये २१ लाख ६७ हजार भन्दा धेरै निको भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जर्मनले नभाल्नीको उपचारमा सबै खालको सहयोग गर्ने

२०७७ भाद्र ५, शुक्रबार ०३:१५
Spread the loveविष दिइएको आशङ्का गरिएका एक जना रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको उपचारमा सबै खालको सहयोग गर्न तयार रहेको जर्मनीले जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नी रुसको एउटा अस्पतालमा कोमामा रहेको उनका समर्थकहरूले बताएका छन् । भ्रष्टाचार विरोधी अभियानकर्ताको छवि बनाएका नभाल्नी आन्तरिक उडानका क्रममा बेहोस […]

समाचार छुट्याे की?