• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

विदेशबाट फर्किने नागरिकलाई क्वारेन्टिन होटलको सूची र मूल्य सार्वजनिक

ByHT

Aug 21, 2020
Spread the love

काठमाडौं । सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका होटलमा तीन हजार ५०० शय्या क्षमता रहेको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यही भदौ २ गते कोभिड–१९ विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टिनमा बस्ने व्यक्तिलाई राख्न होटल सूचीकृत गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पर्यटन विभागले बिहीबार क्वारेन्टाइन प्रयोजनार्थ होटलको विवरण र मूल्य जिल्ला प्रशासन कार्यालय काठामाडौँलाई उपलब्ध गराएको थियो ।

विभागले क्वारेन्टिमा प्रयोग गरिने पर्यटकस्तरका होटलको मूल्य र खानाको मेनु पनि सार्वजनिक गरेको छ । पाँच तारे होटलमा एकल नौ हजार र दुई जना साझेदारीमा बस्नेका लागि प्रतिव्यक्ति छ हजार तोकिएको छ ।

यस्तै चारतारे होटलमा एकल आठ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति पाँच हजार ५००, तीनतारे तथा डिलक्स रिसोर्टमा एक जनाको छ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति  पाँच हजार, दुई तारेमा एकल  पाँच हजार र दुई जना भएमा प्रतिव्यक्ति तीन हजार ५००, एकतारेमा एकल चार हजार र दुई जना भएमा प्रतिव्यक्ति  दुई हजार ५०० तथा पर्यटकस्तरको होटलमा एकल दुई हजार ८०० र दुई जना भएमा प्रतिव्यक्ति  एक हजार ८०० रुपैयाँ शुल्क तोकिएको छ ।

यस्तो छ क्वारेन्टिन होटलको सूची र मूल्य

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *