आइसोलेसन कक्ष तोडफोडको आरोपमा क्याम्पस प्रमुख पक्राउ

Spread the love

संखुवासभा । सङ्खुवासभामा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शनिबार विज्ञप्ति जारी गरी प्रहरीले प्रमुख तिम्सिनामाथि आपराधिक उपद्रव गर्न नहुने मुद्दामा अनुसन्धान शुरु गरेको जनाएको छ । जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले तिम्सिनालाई पक्राउ गरेको हो ।

अस्पताल प्रशासनका अनुसार आइसोलेसन प्रयोगका लागि राखिएका सामग्री बिहीबार राति तोडफोडपछि हराएको थियो । करिब १५ लाख रुपैयाँ बराबरको सामग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले जानकारी दिए । झाका अनुसार ७० पिपिइ सेट, प्यासेन्ट मनिटर, सक्सन मेशिन, अक्सिजन मेशिन, अक्सिजन डिभाइडरलगायतका सामग्री हराएको छ ।

अहिले आइसोलेसनमा तीन जना कोरोना सङ्क्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए । तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर तीन जना कोरोना सङ्क्रमितलाई राखिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट हेटौंडाकी एक महिलाको मृत्यु

२०७७ भाद्र ६, शनिबार १३:२३
Spread the loveकाठमाडौं । कोरोना संक्रमणबाट हेटौंडाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । साउन ३२ गते भरतपुर मेडिकल कलेजमा उपचारका लागि भर्ना भएकी हेटौंडा ३ की ६५ वर्षीया महिलाको शनिबार साँझ ७ बजेर २६ मिनेटमा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । यसअघि हेटौंडा ४ का ५६ वर्षीय […]