कोरोना संक्रमणबाट अमेरिकामा एक लाख ७९ हजार भन्दा बढीको मृत्यु

Spread the love

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । गत डिसेम्बर अन्तिमबाट चीनको वुहानबाट फैलिएको संक्रमणबाट विश्वका २ सय १६ देशका २ करोड ३१ लाख ६ हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् । यस्तै, संक्रमितमध्ये ८ लाख २ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ ।

यस्तै, १ करोड ५७ लाख १ हजार ८ सय भन्दाबढीको उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६६ लाख १ हजार ८ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६१ हजार ८ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५७ लाख ९६ हजार ७ सय नाघेको छ । कोरोनाका कारण १ लाख ७९ हजार बढीको मृत्यु भएका छन् भने ३१ लाख २७ हजार ४ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३५ लाख ३६ हजार ४ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख १३ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २६ लाख ७० हजार ७ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २९ लाख ७३ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५५ हजार ९ सय नाघेको छ । संक्रमितमध्ये २२ लाख २२ हजार भन्दा धेरै निको भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण

२०७७ भाद्र ६, शनिबार ०२:४९
Spread the loveकाठमाडौं । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, नवलपुर, बारा, पर्सा, बाँके र रौतहटका गरी थप ३३ जनामा संक्रमण पुष्टि भएको हो ।