• Sat. Dec 5th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

थप ६३४ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु

ByHT

Aug 22, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशलामा गरिएको परीक्षणमा थप ६३४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १६० जनामा, भक्तपुरमा ५० जनामा र ललितपुरमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२,५१९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ११,६५८ जना रहेका छन् । आइसोलेसनमा १२,६२१ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार थप १३६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८,३५० पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीमा एक ६ वर्षीया बालिका र एक पुरुष, पर्सामा तीन जना, बारामा एक जना, सिरहामा एक जना, मकवानपुरमा एक जना र भक्तपुरमा एक जना गरी थप नौ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *