• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

थप ८१८ जनामा कोरोना संक्रमण, २८१ जना डिस्चार्ज

ByHT

Aug 23, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८१८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा थप १२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८०,०२६ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ११,४१४ जना रहेका छन् । आइसोलेसनमा १३,१५५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै आइतबार थप २८१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८,६३१ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । झापाका ५८ वर्षका पुरुषको, पर्साका ५६ वर्षकी महिला, सर्लाहीकी ३३ वर्षीया महिला तथा रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५१ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *