• Sun. Oct 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

ByHT

Aug 27, 2020
Spread the love

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पाँच महिला र तीन पुरुष गरी थप आठ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेमा एक एक महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुमा एक एक पुरुषको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *