• Sat. Oct 31st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नारायणी अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु

ByHT

Aug 27, 2020
Spread the love

वीरगंज । बारामा कोरोना संक्रमणबाट एक गर्भवती महिलाको मृत्यु भएको छ । बिहीबार बिहान नारायणी अस्पतालमा उपचारका क्रममा बाराको हर्दियाकी २३ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिएका छन् ।

३३ हप्ताकी गर्भवती उनलाई ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । नेपालमा कोरोनाले गर्भवतीको मृत्यु भएको यो पहिलोपटक हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *