देशभर ६ हजार २०२ आइसोलेसन बेड थप

Spread the love

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढेपछि संघीय, प्रदेश तथा स्थानीय तहमा गरी ६ हजार २०२ आइसोलेसन बेड थप गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार केन्द्रका अस्पतालमा एक हजार, प्रदेशमा एक हजार ९५७ तथा ६४९ स्थानीय तहमा प्रत्येकमा ५ वटाको दरले तीन हजार २४५ बेड थप गरिएको छ ।

देशका थप तीन अस्पताललाई कोभिड अस्पतालका रुपमा सूचिकृत गरिएको छ । सूचिकृत गरिएका अस्पतालमा काठमाडौँको कान्तिपुर र जनमैत्री तथा पर्साको वीरगन्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल रहेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैकल्पिक विधिबाट विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन अनेरास्ववियूको आग्रह

२०७७ भाद्र १२, शुक्रबार १२:५१
Spread the loveकाठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सबै विकल्पमध्ये उपयुक्त विधिमार्फत विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन आग्रह गरेको छ । युनियनले शुक्रबार विज्ञप्ति जारी गरी कोभिड–१९ का कारण सम्पूर्ण शैक्षिक संस्था विगत केही महिनादेखि ठप्प भएको अवस्थामा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सम्भव हुने सबै विकल्प अपनाउन सम्बन्धित निकायसँग […]