धरानमा कोरोना संक्रमित झापाका एक बृद्धको उपचारका क्रममा मृत्यु

Spread the love

झापा । झापाको कमल गाउँपालिका वडा नम्बर ३ केर्खाका कोरोना संक्रमणबाट ८३ वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार बिहान धरानमा मृत्यु भएको छ । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिइन् ।

झापाको कोभिडबाट मृत्यु हुनेको सङ्ख्या अब दुई पुगेको छ । दमकमा यसअघि एक बृद्धको कोभिडका कारण मृत्यु भएको थियो । एक साता अघि उनी नातिनीलाई लिएर मधुमेह परीषका लागि स्थानीय अस्पताल गएका थिए । त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र उनकी नातिनी दुबैलाई कोभिड सङ्क्रमण पुष्टि भएको थियो । हाल उनकी नातिनी भद्रपुरस्थित मेची अस्पतालको आइसोलेशनमा उपचाररत छिन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशका चार जिल्लामा थपिए १७ संक्रमित

२०७७ भाद्र १२, शुक्रबार ०४:०८
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी, लमजुङ, तनुहुँ र कास्कीमा गरी थप १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,०२२ पुगेको छ । संक्रमितमध्ये नवलपरासी देबचुलीका संक्रमित व्यक्ति खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत […]