‘नेपाल आइडल’ सिजन–३ को विजेता बनिन् सज्जा चौलागाईं

Spread the love

काठमाडौं । सज्जा चौलागाईं ‘नेपाल आइडल’ सिजन–३ को विजेता बनेकी छिन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् । उनले टाइटलसँगै नगद ५० लाख प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् ।

उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । कोरोनाका कारण यो पटकको ग्रान्ड फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै गरिएको थियो । फाइनलमा पुगेका सज्जा, प्रविण र किरणमध्ये किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा पुगेका थिए ।

कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको थियो । नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा २ करोड ४९ लाख भन्दा बढीलाई कोरोना संक्रमण

२०७७ भाद्र १२, शुक्रबार १६:५३
Spread the loveविश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमितको संख्या २ करोड ४९ लाख ६ हजार ५ सय ३ पुगेको छ । संक्रमितमध्ये ८ लाख ४१ हजार २ सय ९० जनाको मृत्यु भइसकेको छ भने १ करोड ७२ लाख ९६ हजार ९ सयभन्दा बढी निको भइसकेका छन् । हालसम्म ६९ […]

समाचार छुट्याे की?