• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

प्रचण्ड र मेरो मन मिलिसक्यो, अब असमझदारी छैनः प्रधानमन्त्री

ByHT

Aug 29, 2020
Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच मन मिलिसकेको र अब कुनैपनि किसिमको असमझदारी नरहेको स्पष्ट पारेका छन् । प्राइम टाइम्स टेलिभिजनलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले प्रचण्डसँग अब कुनै असमझदारी नभएको बताएका हुन् । उनले भने,’प्रचण्ड र मेरो मन मिलिसक्यो । अब असमझदारी छैन । मनमनै हात मिलाउनु भन्नुहुन्छ भने त्यो सम्भव छ । तर, कोरोनाका कारणले हात मिलाउन मिल्दैन ।’

उनले आफूलाई प्रचण्डबाट मुख्य रुपमा सहयोग नै भएको पनि स्पष्ट पारे । उनले भने,”यो बीचमा केही अन्तरविरोध भएका बेला विरोधका पक्ष जगजाहेर छ । त्यो पनि सहयोग नै थियो भन्नु उचित हुँैन् । तर, समग्रमा उहाँबाट मैले असहयोग पाएको छैन । सहयोग पाएको छु । अब झन् पारस्परिक सहयोग हुन्छ ।”

उनले आफूहरुबीच भागबण्डाको सहमति नभएको पनि जिकिर गरे । उनले भने,”भागबण्डाको प्रश्नै छैन । हामी भागबण्डाको लागि राजनीति गरिरहेका छैनौं । आज दशेको आवश्यकत्तालाई हृदयांगम गरिएको हो । पछि हुँदै जाने कुरालाई भागण्बडा भन्नु भएन । घाम जुन रहिन्जेलसम्म प्रधानमन्त्री भैरहने, वा राष्ट्रपति भैरहने होइन । यी सबै आवधिक हुन् ।”

उनले आफूले मुख्य रुपमा सरकार र अर्का अध्यक्ष प्रचण्डले पार्टी मुख्य रुपमा सञ्चालन गर्ने सहमति भएको जनाए । उनले भने, प्रचण्ड (उहाँले) पार्टीको सञ्चालनमा आफूलाई मुख्य रुप्मा केन्द्रित गर्नुहुने । कार्यकारी अधिकारसहित उहाँले काम गर्नुहुनेछ । त्यसमा हामीले मंसिर ४ मा समझदारी गरिसकको छौं । बिचमा केही तलमाथि पर्लाजस्तो स्थिति भयो । त्यसकारण त्यसबाट तलमाथि हुनु परेको छैन् । प्रम म हुँ । पार्टी पनि समझदारीका साथ चल्छ । सरकारपनि समझदारीका साथ चल्छ । पार्टीमा दुई अध्यक्ष छौं । सरकारमा प्रमको हैसियतले । त्यसको अर्थ सरकार मैले एकलौटी ढंगले मनपरी गर्ने होईन । जनताको अधिकारसमेत पठाएर प्रम निर्वाचित भएको छ । प्रमले आफ्नो सहयोगी मन्त्रिपरिषद बनाउँछ । यसले देश सञ्चालन गर्छ । अध्यक्षको हैसियतमा उहाँले सरकार सञ्चालनको विषयमा रुचि राख्नुहुन्छ । नीति र निर्णयमा । मुख्य रुपमा उहाँले पार्टी सञ्चालन गर्नुहुन्छ ।”

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *