वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

Spread the love

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ मजकोटमा एम्बुलेन्स आइतबार बिहान एमबुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनीको मृत्यु भएको हो ।

वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट गइरहेको एम्बुलेन्स सडकदेखि अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चापाकोट–९ की २८ वर्षीया पवित्रा पोखरेल र एम्बुलेन्स चालक सुरेन्द्र भण्डारीलाई गह्रौ प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएको छ । घाइते पवित्रा गर्भवती रहेको र काठमाडौँबाट घर आएको प्रहरीले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाटन अस्पतालमा ललितपुरका कोरोना संक्रमितको मृत्यु

२०७७ भाद्र १४, आईतवार ०३:२४
Spread the loveकाठमाडौं । पाटन अस्पतालमा उपचाररत एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।

समाचार छुट्याे की?