हाछेथू ललितपुर महानगरको नगर प्रहरी प्रमुखमा नियुक्त

Spread the love

काठमाडौं । पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई ललितपुर महानगरले नगर प्रहरी प्रमुखमा नियुक्त गरेको छ । हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाका नगर प्रहरीको क्षमतालाई अझै चुस्त बनाउन हाछेथूलाई नियुक्त गरेको बताए। पूर्वट्राफिक प्रहरीको अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझै दक्ष हुने भन्दै महर्जनले नमूना नगर प्रहरी बनाउन हाछेथूको भूमिका महत्वपूर्ण हुने बताए । हाछेथूले ट्राफिक व्यवस्थापन, सरसफाइ र फुटपाथ व्यवस्थापनलाई प्राथमिकता राखेर काम गर्ने बताएका छन् । हाछेथू २०७५ सालमा नेपाल प्रहरीबाट सेवानिवृत्त भएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सैनिक हेडक्वार्टरमा सैनिकद्वारा गोली हानी आत्महत्या

२०७७ भाद्र १४, आईतवार १६:३९
Spread the loveकाठमाडौं । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत एक सैनिक जवानले आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका छन् । तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आज विहान आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल […]