भारतीय पूर्व राष्ट्रपति मुखर्जीको निधन

Spread the love

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ । झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्व राष्ट्रपति मुखर्जी सैनिक अस्पतालमा उपचाररत थिए । मुखर्जीको उपचार सफल हुन नसकेको चिकित्सकहरुले जनाएका छन् ।

उनी केही दिनदेखि अचेत अवस्थामा थिए । उनको स्वास्थ्य अवस्थामा कहिले सुधार आउने, कहिले स्थिर हुने भइरहेको चिकित्सकहरुले बताउँदै आएका थिए ।

उनका छोरा तथा पूर्व सांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् पिता मुखर्जीको निधन भएको जानकारी दिएका छन् । उनी भारतको १३ औँ राष्ट्रपति भएका थिए । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनु पहिले भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता समेत रहनुभएका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत भएका थिए ।

उनको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । उनकिी श्रीमती सुभ्रा मुखर्जीको भने उनी राष्ट्रपति भएकै बेला सन् २०१५ मा निधन भएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना नियन्त्रण अभियानमा सांसदहरुसमेत सहभागी हुने

२०७७ भाद्र १५, सोमबार १३:३७
Spread the loveकाठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति जनप्रतिनिधिहरुसँग अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई महाव्याधी नियन्त्रणमा समन्वय गर्न अनुरोध गर्ने निर्णय गरेको हो । साथै बैठकले सङ्क्रामक रोग ऐन, […]