पेट्रोलको मूल्य दुई रुपैयाँ बढ्यो

Spread the love

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएको छ । इण्डियन आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको मूल्य सूचीअनुसार खरिद मूल्यमा हेरफेर भएको जनाउँदै निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

मूल्य हेरफेर भएर आएकाले पेट्रोलको साबिक खुद्रा मूल्यमा २ रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

नयाँ मूल्य सूचीअनुसार काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र)को लागि पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ पर्नेछ । यस्तै, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको निगमले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेनेजुएलाका राष्ट्रपति मदुरोद्वारा एक सय सांसदलाई माफीको घोषणा

२०७७ भाद्र १६, मंगलवार १५:०५
Spread the loveभेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार विपक्षी नेता हुवाँ ग्वाइदोका सहयोगी सहित एक सांसदलाई ‘राष्ट्रिय मेलमिलाप प्रवद्र्धनका लागि’ माफी दिएको घोषणा गरेका छन् । माफीको लागि सञ्चारमन्त्री जर्ज रोड्रिगेजले सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा नाम पढिएकामध्ये ग्वाइदोका सहायक रोबर्टो मरेरो, सांसद गिल्बर कारो र रेन्जो प्रितोलगायत नेता तथा सांसद रहेका […]