बारामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

Spread the love

बारा । कोरोना सङ्क्रमणबाट बारामा मंगलबार बिहान थप एक जनाको मृत्यु भएको छ ।

कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनमा चार दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणबाट हालसम्म बारामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौंका कोरोना संक्रमितको ललितपुरमा मृत्यु

२०७७ भाद्र १६, मंगलवार १०:००
Spread the loveकाठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । काठमाडौंका ७८ वर्षीय कोरोना संक्रमित पुरुषको ललितपुरस्थित मेघा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ती पुरुष गत भदौं ९ गतेदेखि अस्पतालमा उपचाररत थिए ।