कोरोना महामारीकाबीच युवाहरुले ताने रातो मछिन्द्रनाथको रथ

Spread the love

ललितपुर । रातो मछिन्द्रनाथको रथ यात्रा गर्न दबाब दिँदै स्थानीय युवाहरुले ललितपुरको पुल्चोकमा विरोध प्रदर्शन गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण रोकिएको रथयात्रा संचालन गर्न गुठी संस्थान र सरोकारवाला निकायहरु इच्छुक नदेखिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।

अब केही दिनमा नै मलमास सुरु हुने र त्यस अवधिमा रथयात्रा गर्न नहुने भएकाले छिटो गरेर भएपनि जात्रा संचालन गर्न उनीहरुले माग गरेका छन् । प्रदर्शनमा उत्रिएका युवाहरुले रथयात्र सुनिश्चित गर्नुपर्ने, रथयात्रामा कसैको हस्तक्षेप हुन नहुने लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । यसबीच पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथलाई युवाहरुले तान्ने प्रयास समेत गरेका छन् ।

उनीहरुले रथ रहेको स्थानबाट केहीपरसम्म रथ तानेका थिए । सो क्रममा रथ तान्ने डोरी चुडिएपछि नयाँ डोरी लगाइएको थियो । रथ तान्ने क्रममा सयौको संख्यामा युवाहरु सहभागी भएपछि प्रहरीले माइकिङ गरि कोरोना संक्रमण हुने भन्दै सचेत गराएका थिए ।

आउँदो असोज २ पुरुषोत्तम महिना सुरु हुने र पुरुषोत्तम महिनामा धार्मिक गतिविधि गर्न नहुने भएकोले रथयात्रा आउँदो असोज २ गतेसम्ममा सकाउनु बाध्यताका कारण मच्छिन्द्रनाथका पुजारी, ज्योतिषसहित सरोकारवाला गुथियारहरुले विधिमात्र पूरा गर्ने गरी रथयात्राका लागि खाका पनि तयार गरेका छन् । तर प्रशासनले भने रथ यात्रका लागि अनुमति दिएको छैन ।

गएको चैत २७ गते रातो मन्छिन्द्रनाथको महा स्नानपछि वैशाख १२ गते रथमा राख्नुपर्नेमा कोरोना सङ्क्रमणका कारण गएको साउन १० गते मात्र मूर्तिलाई रथमा विराजमान गरिएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निषेधाज्ञा र लकडाउन हचुवाका भरमा

२०७७ भाद्र १८, बिहीबार ०८:२९
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसले सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको बताएको छ । कांग्रेसको ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक प्रकाशशरण महतले बिहीबार विज्ञप्ति जारी गरी सरकारले ठोस अध्ययनका आधारमा नभएर हचुवाका भरमा लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने काम गरेको बताएका हुन् । ‘उपत्यकामा […]