• Mon. Oct 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

निषेधाज्ञाको आदेश सच्याउन उपत्यका मेयर फोरमको माग

ByHT

Sep 3, 2020
Spread the love

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको निषेध आज्ञाको सञ्चालन गर्न पाउने सेवाअन्तर्गत बुँदा ३ मा उल्लेख व्यवस्याप्रति उपत्यका नगरपालिका फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस बुँदामा ‘उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल÷व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर दिउँसो २ बजेदेखि बेलदुका ९ बजेसम्म सञ्चालन गर्न सकिने’ कुरा उल्लेख छ ।

यसले निषेधाज्ञाको अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राख्दै यसमा सुधार गर्नु पर्ने फोरमको माग छ । आज फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र सचिव एवं मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठको हस्ताक्षरमा जारी बिज्ञप्तिमा भनिएको छ-‘अत्यावश्यकीय बस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल÷व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अबिलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ ।’

यस अघिको निषेधाज्ञालाई अलि खुकुलो बनाएर हिजो (भदौ १७ गते) उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गरेका थिए । आदेशमा निषेध गरिएका सेवालाई १३ बुँदामा र सञ्चालन गर्न पाउने सेवालाई १६ बुँदामा उल्लेख गरिएको छ । यो आदेश भदौ २४ गते राती १२ बजेसम्मका लागि हो । भदौ ३ गते शुरु भएको आदेश १७ गते राती १२ बजेसम्म जारी थियो ।

भाइरस संक्रमण नियन्त्रणमा आइनसकेको उल्लेख गर्दै जिल्ला प्रशासनले नेपाल सरकार मन्त्री परिषद्को निर्णय, स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन २०२० ले दिएको अधिकार प्रयोग गरेर निषेध आदेश जारी गरेको हो । १७ गते थपिएको आदेश २४ गते राती १२ बजेसम्मका लागि हो ।

बिषय परिस्थितिलाई ध्यानमा राख्दै उपत्यकाका स्थानीय तहबाट प्रवाह हुँदै आएका सेवामध्ये अत्यावश्यकवाहेकका अन्य सेवा भदौ २४ गतेसम्म बन्द रहने कुरा उल्लेख छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *