ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी

Spread the love

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ । ललितपुर प्रशासनका सूचना अधिकारी ललितकुमार बस्नेतले बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको हो । बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्केपछि झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो। बैठकले यस्तो निर्णय गरेको बस्नेतले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कास्कीमा थप १६ जनामा कोरोना संक्रमण

२०७७ भाद्र १८, बिहीबार १६:११
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, नवलपरासी र तनहुँमा गरी थप ४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १५ मा  कार्यरत ७ जना नेपाल प्रहरीसमेत छन् । योसँगै गण्डकी […]