कोरोना नियन्त्रणका लागि जि २० का सदस्य राष्ट्रहरुलाई गुटर्रेसको आग्रह

Spread the love

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ को सङ्क्रमणको नियन्त्रणका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्ने विषयमा सोच्न जि २० का सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् ।साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव गुटर्रेसले महामारी नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि ती देशहरुलाई आग्रह गरेका हुन् ।
महासचिव गुटर्रेसले हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा लकडाउनको सामना गरिरहका बताए ।

विश्वका देशहरुले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्काे ठाउँमा आवत जावतमा समेत ठूलो समस्या भइरहेको भन्दै सुरक्षाका मापदण्डहरु अपनाएर यी समस्याको समाधान निकाल्न पनि उनले आग्रह गरेका छन् । महामारीको समस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले त्यस विषयमा पनि सोच्न उनले आग्रह गरे ।

बैठकमा उक्त संगठनका विदेशमन्त्रीहरुले भने देशका सीमाहरु खुला राख्नुपर्ने विषयमा छलफल गरेका र अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्यका मापदण्डहरु अपनाएर सीमा खोल्नुपर्ने बताएका जनाइएको छ ।

साउदी अरेबियाको पहलमा भएको जि २० को सो भर्चुअल बैठकमा उक्त संगठनमा आबद्ध देशका विदेशमन्त्रीहरुको सहभागिता थियो । बैठकमा सबै देशका विदेशमन्त्रीहरुले कोभिड १९ का कारण ज्यान गुमाएका विश्वका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कोरोना भाइरसका विरुद्धमा मिलेर र समन्वय गरेर लड्नुपर्नेमा पनि जोड दिएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यून आय भएका नागरिकलाई खै राहत ?

२०७७ भाद्र १९, शुक्रबार ०७:०४
Spread the love काठमाडौं । साझा पार्टीले कोभिड १९ को संकटमाझ देशभरका विपन्न तथा न्यून आयका नागरिकहरूको जीवनयापन अत्यन्त कष्टकर बनेको भन्दै सरकारलाई उनीहरुको जीवन रक्षा गर्न माग गरेको छ । पार्टीका सहप्रवक्ता शरदराज पाठकले शुक्रबार विज्ञप्ति जारी गरी निम्नमध्यम वर्गीय नागरिकहरूसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएका भन्दै सरकारलाई […]