• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कास्कीका थप २२ जनामा कोरोना संक्रमण

ByHT

Sep 5, 2020
Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा शनिबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, लमजुङ, नवलपरासी र स्याङ्जामा गरी थप ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत दुई महिला, पोखरा महानगरपालिका १७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका १५ का २८ बर्षीय पुरुष, पोखरा महानगरपालिका १४ का ४१ र ४४ बर्षीय २ पुरुष र पोखरा महानगरपालिका २४ का ३१ बर्षीय पुरुष गरि ५ जना भारतबाट आएका छन् । त्यस्तै पोखरा महानगरपालिका १६ का डाँफे सहकारी संस्थामा कार्यरत ५२ बर्षीय पुरुष छन् ।

त्यस्तै, अन्यमा लमजुङ जिल्ला, बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,४४७ पुगेको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *