• Fri. Oct 23rd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नाच्ने गाउने राष्ट्रियसभामा जान हुने, वामदेवमाथि किन प्रश्न ?

ByHT

Sep 5, 2020
Spread the love

विष्णु रिजाल ।

मानिसहरु नाच्दै–गाउँदै, गीत लेख्दै, म्युजिक भिडिओ बनाउँदै राष्ट्रियसभामा पुगेका छन् । विभिन्न मूलको पानी चाखेर हिँड्दै पनि पुगेका छन्, वडा सदस्य, नगर प्रमुख र प्रदेश सदस्यमा चुनाव हारेर राष्ट्रियसभामा पुगेका छन् । नाता–सम्बन्धका आधारमा पनि पुगेका छन् । श्रीमान्ले चुनाव हारिसकेपछि ‘मेरो घर खर्च चलेन’ भनेकै आधारमा श्रीमती ‘राष्ट्रिय कोटा’ बाट संसद्मा पुगेको पनि देखिएकै हो ।

नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनमा आधा शताब्दीभन्दा लामो जीवन अर्पित गर्नुभएका, विभिन्न कालखण्डमा अरुलाई नेता बनाउन निर्णायक भूमिका खेल्नुभएका, पार्टी एकताका पहरेदार र नेकपाको चुनावी घोषणापत्रका मस्यौदाकार वामदेव गौतम राष्ट्रियसभामा जान थाल्दा आकाशै खसे जस्तो गर्नुको अर्थ बुझ्न सकिन्छ । उहाँ उपल्लो सदनमा जाँदा संविधानै भत्किन्छ भन्ने मित्रहरु यसअघि अरु जाँदा कता व्यस्ता हुँनुहुँदोरहेछ कुन्नि !

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *